काठमाडौंको मेयर उम्मेदवार सिर्जना ले अघि सारिन सात संकल्प
काठमाडौं।काठमाडौं महानगरपालिकाको प्रमुख उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी उम्मेदवारी सिर्जना सिंहले आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेकी छिन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रम सिंहले सार्बजनिक गरेको सङ्कल्पपत्रमा सात सङ्कल्पहरू अगाडि सारिएको छ।

सिंहले अघि सारेको सात सङ्कल्पहरूमा सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरबासी रहेका छन्।
उनले काठमाडौं महानगरपालिकामा महिलाहरूलाई केन्द्रमा राखेर काम गर्ने समेत बताएकी छिन्। काठमाडौंमा राति एक्लै सुरक्षित गएर हिँड्ने वातावरण बनाउने समेत उनले दावी गरिन्। जसका लागि सीसीटीभी क्यामरा जडानदेखि सुरक्षित वातावरण बनाउने उनले बताइन्।
आफू एक रात एक्लै हिँडेर काठमाडौं महानगरपालिका सुरक्षित छ भन्ने देखाउन समेत चाहेको उनले बताएकी छिन्।महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गर्ने उनले जारी गरेको संकल्पपत्रमा उल्लेख गरिएको छ।
स्वास्थ्यको क्षेत्रमा सुधार गर्न काठमाडौंमा महानगरीय अस्पताल स्थापन गर्ने समेत उनले बताइन्। उनले काठमाडौं महानगरपालिकालाई भष्ट्रचारमुक्त बनाउने दावी गरिन्।
उनले महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गर्ने बताइन्। उनले भनिन्,’ भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु।’

