सरकारले लगायो यी चीज आयातमा प्रतिबन्ध



काठमाडौं। सरकारले १० प्रकारका सामग्रीहरू स्वदेश भित्र्याउने रोक लगाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा राेक लगाएकाे जनाएकाे हाे।

कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु,सबै प्रकारका मदिरा,चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक),हिरा (औद्योगिक कच्चा पदार्थबाहेक),मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका),जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने),२५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल,सबै प्रकारका खेलौना,खेल्ने तास आयातमा रोक लगाईएको राजपत्रमा उल्लेख गरिएको छ।

मन्त्रालयले कुटनीतिक नियाेगले आफ्नै प्रयाेजनका लागि आफैँ पैठारी गर्न पाउने बताएकाे छ। यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीकाे प्रक्रिया सम्पन्न भइसकेकाे अवस्थामा लागू हुनेछैन।

प्रतिक्रिया दिनुहोस्