सोलुदुधकुण्डमा वीर उदासको उम्मेदवारी, भन्छन्-‘मलाई बाहेक अरु एमालेका उम्मेदवार जिताऔं’



सोलुखुम्बु।लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सकृय युवानेता वीर उदास श्रेष्ठले सोलुदुधकुण्ड नगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन्।

हालैमात्रा एमाले परित्याग गरेर स्वतन्त्र ढंगले समाजसेवा गर्ने घोषणा गरेका श्रेष्ठले सोमबार मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन।पार्टी परित्याग गरेका श्रेष्ठ नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य र युवा इन्चार्ज थिए।

श्रेष्ठले मेयरका लागि सोमबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएपनि उनले नेकपा एमालेप्रतिको आस्था नमरेको संकेत दिईरहेका छन् सोमबार सांझबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै नगरपालिकाको मेयरमा आफुलाई र अन्य पदका लागी एमालेको सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारहरुलाई जिताउन अपिल गरिरहेका छन् ।

कपा एमाले परित्याग गर्नुभएका विर उदास श्रेष्ठले सोलुदुधकुण्ड नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

शनिवार मात्रैै एमाले परित्याग गर्नुभएका श्रेष्ठले मेयर पदमा उम्मेदवारी दिएको जानकारी दिनभयो । यो उम्मेदवारीले एमालेका उम्मेदवारलाई घाटा हुने अनुमान गरिएको छ । एमालेबाट आङकाजी शेर्पा र मोहन कुमारी कार्की, नेपाली कांग्रेसबाट नाम्गेल जाङबु शेर्पा र गान्धिमाया तामाङ, नेकपा माओवादी केन्द्रबाट ङिमातेण्डुप शेर्पा र शारदामाया तामाङ मेयर र उपमेयर पदका लागि चुनावी मैदानमा उत्रिएका छन।

प्रतिक्रिया दिनुहोस्