सोलुखुम्बुमा ८ दलका ४ सय ५२ जनाको उम्मेदवारी दर्ता



प्रदिप खालिङ,सोलुखुम्बु ।सोलुुखुम्बु जिल्लामा कुल ८ दलले उम्मेदवारी दर्ता गराएका छन । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि जिल्लामा ८ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका हुन । जस मध्ये केहि स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । जिल्लाको एक मात्र नगरपालिकामा प्रमुख पदका लागि नेकपा एमालेबाट आङकाजी शेर्पा, उपप्रमुखमा मोहनकुमारी कार्की, नेपाली काङग्रेसबाट प्रमुखमा नाम्गेल जाङबु शेर्पा उपप्रमुखमा गान्दीमाया तामाङ, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा ङिमा तेन्डुप शेर्पा, उपप्रमुखमा शारदामाया तामाङ, जनता समाजवादी पार्टीबाट प्रमुखमा ल्हाक्पा छिरिङ विक घिमिरे, उप प्रमुखमा आङपेमा शेर्पा, नेकपा एकिकृत समाजवादीबाट उपप्रमुखमा आङजाङबु शेर्पा र स्वतन्त्रबाट प्रमुखमा वीर उदास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन ।

सोताङ गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेबाट प्रकाश कार्की उपाध्यक्षमा मन्सरी राई, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा दिपक खडका उपाध्यक्षमा सरस्वती राई, अध्यक्षमा काङग्रेसबाट खिलाराज बस्नेत उपाध्यक्षमा अन्जु राई तथा माप्यदुधकोशी गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेबाट बुद्विकिरण राई उपप्रमुखमा जुनितामाया मगर र नेपाली काँग्रेसबाट अध्यक्षमा चन्द्रबहादुर राई, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरी गौरब राईले उम्मेदवारी दर्ता गराएका छन ।

खुम्ब पासाङल्हामु गाउँपालिकामा अध्यक्षमा नेपाली काङग्रेसबाट चुङबा शेर्पा उपाध्यक्षमा निर्मला मगर (कार्की), नेकपा एमालेबाट अध्यक्षमा मिङमाछिरि शेर्पा उपाध्यक्षमा टासिल्हमु शेर्पा,नेचासल्यान गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेबाट डुफ कुमार बास्तोला, उपाध्यक्षमा सिर्जना राई, नेपाली काङग्रेसबाट अध्यक्षमा धनजन राई,उपाध्यक्षमा विना राई, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा भुपेन्द्र कटेल उपाध्यक्षमा एकिकृत समाजवादीबाट डिल्ली राई, नेकपा मालेबाट अध्यक्षमा विष्णु बास्तोला उपाध्यक्षमा चन्द्र कुमारी कटेल, जनता समाजवादी पार्टीबाट अध्यक्षमा हेमन्त बाहिङ राई,उपाध्यक्षमा लंकि शेर्पा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा भवनाथ ढुङगेलले उम्मेदवारी दर्ता गराएका छन ।

महाकुलुङ गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेबाट भक्त बहादुर कुलुङ, उपाध्यक्षमा शुभधनी कुलुङ राई, नेपाली काङग्रेसबाट अध्यक्षमा सुर्य बहादुर कुलुङ उपाध्यक्षमा विपना कुलुङ, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा सागर किराँती उपाध्यक्षमा छवि राई र थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट असिम थुलुङ राई , उपाध्यक्षमा सविता राई, नेपाली काङग्रेसबाट अध्यक्षमा वीर बहादुर गुरुङ उपाध्यक्षमा एकाकुमारी बस्नेत, नेकपा एमालेबाट अध्यक्षमा आङबाबु राई उपाध्यक्षमा कल्पना बस्नेत र स्वतन्त्रबाट अध्यक्षमा जीवन गुरुङ र लिखुपिके गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा पोष्ट कुमार कार्की उपाध्यक्षमा सुस्मा लामा, नेपाली काङग्रेसबाट अध्यक्षमा मिना कार्की बस्नेत उपाध्यक्षमा ङवाङ लाक्पा शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्।

सबै दलले आज निर्वाचन कार्यालयमा शान्तिपुर्वक रुपमा मनोनयन दर्ता गरि सम्पन्न भएको सोलुखुम्बुको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्