खुम्बु पासाङल्हामू : एमालेले दर्ता गर्यो उम्मेदवारी, को को छन् उम्मेदवार ?
सोलुखुम्बु।यही बैशाख १३ गते हुने स्थानीय तह निर्बाचनका लागि नेकपा एमालेकातर्फबाट खुम्बु पासाङल्हाहामु गाउँपालिकामा उम्मेदवारी दर्ता गरिएको छ।

राष्ट्रियसभा सदस्य समेत रहेका नेकपा एमाले प्रदेश संगठन कमिटीका सदस्य सोनाम ग्याल्जेन शेर्पाको नेतृत्वमा लुक्लास्थित निर्बाचन अधिकृतको कार्यालय पुगि अध्यक्ष उपाध्यक्षसहित वडाध्यक्ष र ५ वटै वडाका सदस्यहरुले उम्मेदवारी दर्ता गराएको नेकपा एमाले खुम्बु पासाङल्हामु गाउँपालिका कमिटी अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाले जानकारी दिए।
नेकपा एमालेले शनिबार सो गाउँपालिकामा अध्यक्ष पदका लागि मिङमा छिरी शेर्पा र उपाध्यक्षमा टासील्हामु शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।दुबै जनाले खुम्बु पासाङल्हामूको जनप्रतिनिधि भएर एक कार्यकाल कुशल कार्यसम्पादन गरिसकेका छन् ।अध्यक्षका उम्मेदवार शेर्पा ०७४ सालको स्थानीय तह निर्बाचनबाट निर्बाचित ३ नं वडाध्यक्ष र उपाध्यक्षकि उम्मेदवार शेर्पा निर्बाचित गाउँपालिका उपाध्यक्ष हुन।
वडामा को को छन् उम्मेदवार ?
वडा नं १
वडाध्यक्ष- ङिमादोर्जि शेर्पा
महिला -सदस्य राजमाया राई
दलित महिला-पार्बता लामिछाने विक
सदस्य- लाक्पा गेलु शेर्पा
सदस्य- किशोर राना मगर
वडा नं २
वडाध्यक्ष-आङफुर्वा शेर्पा
महिला सदस्य-कमला तामाङ
दलित महिला सदस्य-सृजना विश्वकर्मा
सदस्य- लाक्पागेलु शेर्पा
सदस्य-टंकबहादुर राई
वडा नं ३
वडाध्यक्ष-नुरूजाङबु शेर्पा
महिला सदस्य-मिनाफुटी शेर्पा
दलित महिला- उमा विश्वकर्मा
सदस्य- फुर्वाग्याल्जेन शेर्पा
सदस्य-कामीछिरीङ शेर्पा
वडा नं ४
वडाध्यक्ष- लक्ष्मण अधिकारी
महिला सदस्य-ङिमायाङजीन शेर्पा
दलित महिला- किरीमाया विश्वकर्मा
सदस्य-पासाङ नुरू शेर्पा शेर्पा
सदस्य- पासाङ्डोमा शेर्पा
वडा नं ५
वडाध्यक्ष-पासाङग्याल्जेन शेर्पा
महिला सदस्य-आङमाया शेर्पा
दलित महिला-फुलमाया कामी
सदस्य- मिङमासोना शेर्पा
सदस्य-ङवाङजाङमु शेर्पा

