चार मुक्तक



दिलिप योन्जन तमाङ,अमेरिका
मुक्तक १

आज पनि उस्तै लाग्छ देख्दा तिम्रो जवानी
देवी देउराली साक्षी छ हाम्रो प्रेमको कहानी
समय र वाध्यताले हामी भए नि टाढा टाढा,
आज पनि माया उस्तै छ, छन् अझै निसानी ।

मुक्तक २

आँखा भरी आँसु पारेर पनि साँच्नु परेकोछ
मन भरी पिडाको सागर बोकी नाँच्नु परेकोछ
जिन्दगीको रङमन्चमा हुन्न रहेछ चाहे जस्तो,
पल पल भित्र भित्रै मरेर पनि बाँच्नु परेकोछ ।

मुक्तक ३

खुल्ला चुनौती दिन मन लाग्छ देशका नेता देखेर
डर पनि लाग्छ झोले पाले डनले मार्ला कि पेलेर
देश र जनताको इज्जत सम्मान गरेनन् कहिल्यै यिनले,
माटो बेचे पानी बेचे बसेका छन् जनता नाटक हेरेर ।

मुक्तक ४

जन्मेको छ मान्छेसंसारमा कोहिराक्षस त कोहि देवता बनेर
बाँचेकाछन् मान्छे संसारमा कोहि खुसीले त कोहि दिन गनेर
सानो र ठूलो अनि धनी र गरीव मान्छेले मान्छेलाई बनायो
हुनेलाई बाँडेर सकिन्न नहुनेलाई दिंदैनन् देउताले दु:खी भनेर ।

प्रतिक्रिया दिनुहोस्