माओवादी केन्द्रले फेरि भित्र्यायो अर्की कांग्रेस नेतृ, थुलुङदुधकोशीको उपाध्यक्ष उम्मेदवार सबिता राई बन्ने
सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिकाकी प्रबक्तासमेत रहेकी कांग्रेस नेतृ शारदा तामाङलाई भित्र्याएको नेकपा माओवादी केन्द्रले आजै थुलुङदुधकोशीमा पनि अर्की नेतृ पार्टीमा भित्र्याएको छ।नेपाली कांग्रेस परित्याग गरि आइतबार सो पार्टी भित्रिनेमा महिला नेतृ सबिता राई छन्।

राई २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन।नवप्रबेशी राईलाई माओवादी केन्द्रले आगामी निर्बाचनमा गाउँपालिका उपाध्यक्ष बनाउने तयारी गरेको बताईएको छ।
राईलाई माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक असिम राई लगायतका नेताहरुले स्वागत गरेका छन् ।आजै माओवादी केन्द्र प्रवेश गरेकी तामाङलाई सो पार्टीले सोलुदुधकुण्ड नगरपालिकाको उम्मेदवार बनाएको छ।
आजै सोताङमा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय युवा नेता गणेश राई पनि माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।

