नेचासल्यानमा उम्मेदवारी दर्ता गर्ने पहिलो दल बन्यो एमाले,कांग्रेस र माओवादी केन्द्र अन्योलमै



सोलुखुम्बु।यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि नेकपा एमालेका उम्मेदवारहरुले नेचासल्यान गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका छन् ।

सयौंको संख्यामा रहेका समर्थकहरुबीच नाराजुलुससहित निर्बाचन अधिकृतको कार्यालयमा पुगेका अध्यक्ष डुफकुमार बास्तोला लगायतका उम्मेदवारहरुले आईतवार अपरान्ह आफ्नो मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्ताका लागि नेकपा एमाले १ नं प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका प्रदेश निर्बाचन क्षेत्र क का सांसद उत्तमकुमार बस्नेत,प्रदेश कमिटीकै अर्का सचिवालय सदस्य महेश किरांतीसहित उपाध्यक्षका उम्मेदवार सृजना राई, १ नं वडाध्यक्ष जसबहादुर राई छिरिङ २ नं वडाध्यक्ष हरि निरौला,३ नं वडाध्यक्ष धर्मध्वज खत्री,४ नं वडाध्यक्ष शुक्र किराँती र ५ नं वडाध्यक्ष राजनकुमार राई लगायत सदस्य पदका उम्मेदवारहरु निर्बाचन कार्यालय पुगेको नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोलाले जानकारी दिए।

नेचासल्यानमा आगामी स्थानीय तह निर्बाचनका लागि उम्मेदवार मनोनयन गर्ने नेकपा एमाले पहिलो दल बनेको छ।एमालेको तर्फबाट ०७४ सालको स्थानीय तह निर्बाचनमा गाउँपालिका अध्यक्षमा निर्बाचित बांस्तोला नै सो पदको उम्मेदवार दोहोरीएका कारण अन्य दललाई जीत हाँसिल गर्न सहज नहुने स्थानीय बुद्धिजीवीहरुको विश्लेषण छ।बांस्तोलामात्र होइन गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष खत्री र ५ का राई पनि पुनः उम्मेदवार बनेका छन्।उनीहरूको जीत पनि करिब सुनिश्चित मानिएको छ।एमालेले उठाएका अन्य उम्मेदवार हरु पनि स्थानीयस्तरमा निकै लोकप्रिय मानिन्छन्।

एमालेले आजै उम्मेदवारी दर्ता गरेपनि नेपाली कांग्रेस र माओवादी केन्द्र अझै अन्यौलमै छन्।दुबै दलका तर्फबाट उम्मेदवारको टुंगो लाग्न नसकेका कारण उनीहरूले आज उम्मेदवारी दर्ता गर्न नपाएका हुन्।भोलि उम्मेदवारी दर्ता गर्ने उनीहरूको तयारी छ।

यसैबीच,एमाले अध्यक्ष पदका उम्मेदवार बास्तोलाले वितेका ५ बर्षमा गाउँपालिकाको बिकास र समृद्धिका लागि गरेका कामहरू लिएर आफू जनतामाझ जाने बताएका छन्।

बैशाख ३० को आसन्न निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिहरुलाई विदाई गर्न नेचासल्यान गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै बास्तोलाले जनहितलाई केन्द्रमा राखेर आफुले काममा गरेका कारण पुनः जनताले आफुलाई अनुमोदन गर्नेमा बिश्वस्त रहेको जिकिर गरेका थिए।

स्थानीय आवश्यकताको परिपूर्ति र दिगो बिकास आफ्नो प्राथमिकतामा रहेको बताउंदै उनले फेरि एक पटक जनप्रतिनिधि बनेर नेचासल्यानको सेवा गर्ने र बाँकी काम पुरा गर्ने आफ्नो चाहना रहेको बताए।उनले आफ्नो अघिल्लो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने कर्मचारी, जनप्रतिनिधि र सहकार्यमा जुटेका सम्पुर्ण पक्षलाई धन्यवाद पनि दिए ।

निबर्तमान अध्यक्ष बास्तोलासहित विदाई हुने जनप्रतिनिधिलाई नेचासल्यानकी उपाध्यक्ष कुमारीदेवी शेर्मा र प्रमुख प्रशासकीय अधिकृत लवुन राईले मायाको चिनोसहित विदाई गरेका थिए।

प्रतिक्रिया दिनुहोस्