कांग्रेस नेतृ तामाङ माओवादी केन्द्रमा प्रवेश
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुकि नेतृ शारदामाया तामाङ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

आईतवार सल्लेरीमा आयोजित कार्यक्रममा नेतृ तामाङसहित झण्डै दुई दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक अशिम राईले जानकारी दिए।
नगरपालिका क्षेत्रमा राम्रो पकड भएकी तामाङ सोलुदुधकुण्ड नगरपालिकाकी प्रबक्ता थिइन।श्रोतका अनुसार तामाङ माओवादी केन्द्रको तर्फबाट आगामी निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखको उम्मेदवार बन्नेछिन्।
तामाङलाई जिल्ला समन्वय समिति संयोजक राई, पूर्ब संयोजक गोम्बु शेर्पा कर्ज्याङ र जिल्ला सह इन्चार्ज ध्रुब पराजुली लगायतका नेताहरुले स्वागत गरेका थिए।

