सत्तारुढ दल नेपाली कांग्रेसले आज घोषणापत्र सार्बजनिक गर्ने
काठमाडौं।सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले घोषणापत्र आज (आइतबार) सार्वजनिक गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनका लागि महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर आज सार्बजनिक गर्न लागेको हो।
घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ । कांग्रेसले स्थानीय तहले सम्बन्धित स्थानीय तहको आवश्यकता र महत्वलाई हेरेर घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र कांग्रेस मुख्यालय सानेपामा सार्बजनिक गरिने छ।

