माप्य अध्यक्षमा दोहोरिए बुद्दिकिरण,सोलु दुधकुण्डमा आङकाजी,सोताङमा प्रकाश बने उम्मेदवार



सोलुखुम्बु।नेकपा एमालेबाट माप्यदुधकोशी गाउँपालिकाको अध्यक्षमा बुद्धिकिरण राई फेरि दोहोरिने भएका छन्।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनमा एमालेलाई पुन: उम्मेदवार बनाउने निर्णय गरेको हो।शिक्षण पेशामा लामो समय आवद्ध भएर सक्रिय राजनीतिमा कृयाशिल भएका राई गत स्थानीय तह निर्बाचनमा गाउँपालिका अध्यक्षमा निर्बाचित भएका थिए।बौद्धिक ब्यक्तित्व धनी राईले गाउँपालिकाको बिकास र समृद्धिका लागि यसबीचमा निर्बाह गरेको भूमिकाका कारण उनेर माप्यबासीहरुको प्रीय बनेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि जुनितामाया मगर दोहोरिएको नेकपा एमाले जिल्ला कमिटी सचिब आशकुमार राई शिशिरले जानकारी दिए।

उता जिल्लाको एकमात्र नगरपालिकाको मेयरमा आङकाजी शेर्पाले प्रतिस्पर्धा गर्ने भएका छन् ।शेर्पा केहि दिन अघि मात्रै नेपाली कांग्रेस परित्याग गरि आफ्ना सयौं समर्थक सहित नेकपा एमाले प्रवेश गरेका थिए।सन्चार उद्दमी समेत रहेका शेर्पा नगरपालिका भित्र लोकप्रिय मानिन्छन् ।

नगरपालिकामा उपमेयरको उम्मेदवार भने सो पार्टीले मोहनकुमारी कार्कीलाई बनाएको छ।उनी अखिल नेपाल महिला संघकि जिल्ला कमिटी अध्यक्ष हुन्।

यसैगरी, लामो समय देखि एमालेको राजनीतिमा सक्रिय प्रकाश कार्की सोताङ गाउँपालिकाको उम्मेदवार बन्दैछन्।जिल्ला कमिटी सदस्य कार्की सोताङका जनताद्वारा अत्यन्तै रुचाइएका ब्यक्ति हुन।उनी यसअघि नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष थिए।सोताङ उपाध्यक्षको उम्मेदवारमा भने मनसरी राई छन्।

प्रतिक्रिया दिनुहोस्