निर्वाचन आचारसंहिता बिपरित बितरण गर्न लागिएको १ सय १० थान साडी प्रहरी नियन्त्रणमा



काठमाडौं। निर्वाचन आचारसंहिता बिपरित स्थानीय महिलाहरुलाई बाँड्न लागिएका ११० थान साडी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी बृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले नगरपालिकाको वडा नं ८ को वडा कार्यालय भवनबाट सो सारी नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रबक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मैनालीका अनुसार निर्बाचन अधिकृतको कार्यालय चन्द्रागिरी नगरपालिका बलम्बु काठमाण्डौबाट प्रहरी सूचनाका नियन्त्रणमा लिइएको हो।घटनाको सम्बन्धमा प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्