समाबेशी सिद्धान्त अनुसार महिलालाई उम्मेदवार बनाउन निर्बाचन आयोगको आग्रह



काठमाडौं।निर्वाचन आयोगले संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तका आधारमा उम्मेदवार दर्ता गर्न आग्रह गरेको छ । शनिवार भएको पत्रकार सम्मेलनमा समावेशी सिद्धान्तका आधारमा उम्मेदवार दर्ता गर्न आग्रह गरेको छ । शनिवार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्माले उम्मेदवारी दर्ताको सबै तयारी भइरहेको बताउदै ७ सय ५३ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिए ।

उनले बैशाख ११ र १२ गते १० देखि ५ बजेसम्म उम्मेदवार दर्ता गर्न सकिने उल्लेख गरे । उनले महिलालाई समावेशी ढंगले उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्