मुलुकको भलाईका लागि गठबन्धनलाई पराजित गर्नु आवश्यक

ललितपुर, १० बैशाख । देशकै ठुलो शक्तिको रुपमा रहेको नेकपा एमाले प्रमुख शक्ति र बर्तमान गठबन्धन परमादेशी भएको वक्ताहरुले बताएका छन् ।
शनिवार नेकपा एमाले महालक्ष्मी नगरपालिका ५ नं वडाको कार्यकर्ता भेला एंवम् भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले मुलुकको भलाईका लागि गठबन्धनलाई परास्त गरी एमालेलाई बिजयी गराउन अपरिहार्य रहेको बताउनुभयो ।
महालक्ष्मी नगरपालिका वडा नं ५ एमालेको लालकिल्ला रहेकाले यस्को बर्चस्वलाई कायम गर्न निर्वाचन थालनी र उद्घोष भएको उल्लेख गर्नुभयो ।
राष्ट्रियताको ग्यारेन्टी गर्ने, जनताको सुरक्षा गर्ने पार्टी एमालेमात्रै भएकाले एमालेको जित सुनिश्चित गराउनका लागि वडादेखि नगरवासीहरुलाईसमेत आग्रह गर्नुभयो ।

अर्थतन्त्र धरायसी हुँदै गएकाे र देशलाई श्रीलंकाको तरिकाले अगाडि बढाउदै लगेकाले लाचार सरकारको बिरुद्द आन्दोलन गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले एमालेलाई स्थानिय तहबाट एमालेलाई जिताउनुपर्ने बताउँनु भयो ।
सरकारले विकास विरोधी काम गरिरहेको, न्यून विकास बजेट २७ प्रतिशतमात्रै खर्च गर्न सकेकाले मुलुकको बिकासका लागि एमालेको सरकार अपरिहार्य, नितान्त जरुरी रहेको उहाँले बताउनु भयो ।
महालक्ष्मी नगरपालिकाले बिकास निर्माणमा असल अभ्यास सुरु गरेको, अब्बल र सबल किसिमले शिक्षामा रोजगारी दिएर, बृद्दको लागि स्वास्थय कार्यक्रम, एक घर एक धाराको अबधारणामार्फत मेलम्चीको पानीको सर्भे डिपिआर सकेको, टेण्डर गर्दा अर्थमन्त्रीले रोकेको आरोप लगाउँनु भयो ।
मेयर श्रेष्ठले नगरका २२ ओटा सडकहरु टेण्डर भईसकेको, मुख्य २ सडकको डिपीआर तयार रहेका र सबै सडकहरु कालोपत्रे भईसकेकाले अबको नयाँ नेतृत्वले पैसा कहाँ राख्ने भन्ने अवस्था आउँने बताउनु भयो ।
उहाँले व्यक्तीसँग आग्रह पूर्वाग्रह नराख्दै पार्टी जिताउन आग्रह लागेर निर्वाचन पछि आत्मसमिक्षा गर्न आग्रह गर्नुभयो ।
नगरवासीहरुबिच एकता, समभाव, सहकार्य र सहमतीका भाव लिएर निर्बिवादित भएर कलंकित नभई पाँच बर्षे कार्यकाल पूरा गर्न लागेको बताउनु भयो ।
यसैगरी, एमाले वाग्मती प्रदेश २ क का ईन्चार्ज चिरञ्जीवी आचार्यले महालक्ष्मीको विकासको आधार बनिसकेकाले नमुना नगरपालिका भएर चलाउन आगामी नेतृत्व सफल हुने बताउनु भयो ।
२२ मिटरको चौडा सडकमा सिंगो सूर्य चिन्हको पक्षका रहदा गठबन्धनको सातोपुत्लो उडेको बताउनु भयो ।
एमालेलाई सिध्याउन देशी बिदेशी शक्तीहरु बढीरहेको र एमालेप्रति बढीरहेको क्ेजलाई घटाएर लैजानेगरी षडयन्त्र भईरहेकाले यसलाई परास्त गर्न जरुरी रहेको आचार्यले बताउँनु भयो
यस्तै पाँच नं का वडा अध्यक्ष राजकुमार सिलवालले चुनाबी मैदानमा होमिएपछि बिजयी हुन वडाबासीहरु जागरुक हुनुपर्ने बताउनु भयो ।
सबै वडामा ध्वजाबाहक चम्काउन ५ नं ले चुनाव जित्ने ठोकुवा गर्दै सिलवाललले हनुमन्ते करिडोर ग्रिनरी सहितको करिडोर बनाउन २५ लाखको बजेट आएको जानकारी दिनुभयो ।
उहाँले ५ नं वडाका ९० प्रतिशत विकासका आयोजनामा ७० प्रतिशत पूरा गरेको दाबी गर्नुभयो ।
“मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामी जिताउँछौ” चुनावी अभियानलाई अगाडि बढाउने उदेश्यका साथ गरिएको कार्यक्रममा
पूर्व मन्त्री जगतबहादुर बोगटी, समाजसेवी मोहन केसी, भूतपूर्व प्रहरी संगठनका मदन केसी, एमाले प्रदेश १ कमिटि सदस्य बिष्णु रेग्मीलगायतले आउँदो चुनावकेन्द्रित भएर पार्टीलाई बिजयी गराउँनुपर्नेमा जोड दिनुभएको थियो ।
शनिबारै महालक्ष्मी नगर निर्वाचन कमिटि गठन भएको छ । १० वटै वडा परिचालन कमिटि गठन हुदै जाने तयारी रहेको बताईएको छ ।

