गाउँपालिका अध्यक्षकाे उम्मेद्बार दावी गर्दै तिमल्सिनाले गरे भ्रष्टाचाररहित पालिका बनाउने घोषणा

काठमाडौं । “समृद्ध नेपाल सुखि नेपाली बनाउने अभियानमा सबै नेपाली लागौ सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई बिजय गराऔ” भन्ने मुल नाराका साथ नेकपा एमाले पाँग्रेटार काठमाडौ सम्पर्क मञ्च सुनकोसी ७ काे स्थानीय चुनाव २०७९ विशेष छलफल तथा चियापान कार्यक्रम एवं बृहत् भेला सम्पन्न भएको छ।

‘मैं जिताउछु मेराे बडा मेराे गाउँपालिका’ भन्ने अभियानलाई आम्मासाथ गर्दै भेला भब्य र बृहत् रुपमा सुरु भएको थियो। भेलामा बागमती प्रदेश कमिटी सदस्य टपिद्र तिमल्सिनाले अब हामी एक सेकेन्डकाे समय पनि बर्बाद नगरि सबै वडा गाउँपालिका र समग्र एमाले सिन्धुपाल्चोकमा जीत हासिल गर्न एक भएर अगाडि बढनु पर्ने बताउनुभयो।
सुनकोसी गाउँपालिका अध्यक्षकाे उम्मेद्बारमा दाबेदार गरेका तिमल्सिनाले पार्टीले आफुलाई बिश्वास गरेर पालिका अध्यक्षमा टिकट दिएमा आफू समग्र शुनकोसी गाउँपालिकाकाे बिकासमा लागिपर्ने बताउनु भयो। आफुले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन पनि नदिने बाचा गर्नुभयो। अबको निर्वाचनमा निर्वाचित एमालेका जनप्रतिनिधिहरुले आफुलाई जनताको सेवकको रुपमा घोषणा गर्दै जनताको हित र कार्यकर्ताहरुको मनोभावना बुझेर काम गर्नुपर्ने बताउनु भयो।
नेकपा एमाले पाँग्रेटार काठमाडौ सम्पर्क मञ्च शुनकोसी ७ काे आयोजनामा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुको बृहत उपस्थिति रहेको थियो।

