नेचासल्यान : राईद्व्यलाई बनायो माओबादी केन्द्रले वडा नं २ र ४ को उम्मेदवार



सोलुखुम्बु।नेकपा माओवादी केन्द्रले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ मा यूवराज राईलाई वडाअध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

बैशाख ३० मा सम्पन हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले यूवा नेता राईलाई सर्वसम्मत वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी, सोही गाउँपालिकाको वडा नं २ मा नेकपा माओवादी केन्द्रले बियस राईलाई उम्मेदवार बनाएको छ।उनी माओवादी केन्द्र नेचासल्यानका पालिका सचिव समेत हुन ।

सो पार्टीले यसअघि सीताराम भट्टराईलाई वडा नं ३ को उम्मेदवार घोषणा गरेको थियो।माओवादी केन्द्र ले नेचासल्यानका १ र ५ का वडाध्यक्ष तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंग्याउन बांकी छ।अध्यक्षका लागि भने सो पार्टीले चार जनाको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्