थापाथलीबाट च्यासल सर्‍यो एमाले



काठमाडौं । नेकपा एमालेको नयाँ केन्द्रीय कार्यालय थापाथलीबाट ललितपुरको च्यासलमा सरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमालेले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टी कार्यालय लगेको हो ।

एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शुभारम्भ गरेसँगै थापाथलीबाट पार्टी कार्यालय सरेको हो । बल्खुमा नयाँ भवन नबनेसम्म च्यासलबाटै एमालेको हेडक्वार्टर अव सञ्चालन हुने एमालेले जनाएको छ ।

तुलसीलाल प्रतिष्ठानको भोगाधिकार रहेको भवनमा एमालेको कार्यालय सरेको हो । प्रतिस्ठानसँग एमालेले सम्झौता गरेर केन्दीय कार्यालय सारिएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

केन्द्रीय कार्यालयका लागि एमालेले प्रतिष्ठानसँग ५ वर्षको सम्झौता गरेको छ । मासिक ३ लाख रुपैया प्रतिष्ठानलाई बुझाउने गरी सम्झौता भएको उमाले नेताहरुले बताएका छन् । कार्यालय क्षेत्रभित्र ३ वटा भबन छन्।

प्रतिक्रिया दिनुहोस्