एमाले अध्यक्ष ओली सोमबार सोलुखुम्बु आउँदै,कांग्रेस नेता शेर्पासहित दर्जनौं एमाले प्रवेश गर्ने



काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी ओली सोलुखुम्बु आउने भएका छन् ।

जिल्ला समन्वय समितिको प्रांगणमा आयोजना गरिने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पूर्बप्रधानमन्त्री समेत रहेका ओली सोमबार सोलुखुम्बु आउन लागेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

सदरमुकाम सल्लेरीमा आयोजना हुने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एबम् सञ्चार उद्यमी आङकाजी शेर्पालगायत सयौं कार्यकर्ता नेकपा एमाले प्रवेश गर्ने बताईएको छ।

अध्यक्ष बास्तोलाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्य,वडा तथा टोल कमिटीका पदाधिकारी तथा जनबर्गीय संगठनका सम्पूर्ण पदाधिकारीहरुलाई सो कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्