नेपाल-भारतबीच चार सम्झौतामा हस्ताक्षर सम्पन्न

काठमाडौं।नेपाल र भारतबीच शनिबार चारवटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौतापत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो। समझदारी तथा सम्झौतापत्रमा भएको हस्ताक्षरलाई दुवै देशका प्रधानमन्त्रीले अवलोकन गरेका थिए।
शनिबार नेपाल र भारतबीच भएका चारवटा समझदारी तथा सम्झौतापत्रमा अन्तर्राष्ट्रिय सोलार गठबन्धनको लागि फ्रेमवर्क सम्झौता, रेल क्षेत्रमा प्राविधिक सहयोग अभिवृद्धि गर्ने समझदारीपत्रको आदानप्रदान, पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौता र पेट्रोलियम पदार्थको क्षेत्रमा प्राविधिक विशेषज्ञता आदानप्रदानसम्बन्धी सम्झौता रहेका छन्।

