सोलु जसपाका अध्यक्ष गान्दिभसहित दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
सोलुखुम्बु ।जनता समाजवादी नेपाल (जसपा ) सोलुखुम्बुका अध्यक्ष एवं १नं प्रदेश कमिटी सदस्य गान्दिभ किराती नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शनिबार पेरिसडांडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ किंरातीसहित माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य कार्यकर्ताहरुलाई स्वागत गरेका थिए।नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका किराँती जिल्लाको सोताङ गाउँपालिका निबासी हुन्।
किरांतीसंगै लक्ष्मण बस्नेत, जिवन राई लगायत सोलुखुम्बुका दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटीका अध्यक्ष असिम राईसहित अन्य नेताहरुको समेत उपस्थित रहेको थियो।

