भारतीय बिदेशमन्त्री जयशंकर र बिजेपी अध्यक्ष नाडासंग प्रधानमन्त्री देउवाको भेटवार्ता
काठमाडौं।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले औपचारिक भेटवार्ता गरेका छन् ।

शुक्रवार अपरान्ह ३ दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका देउवासँग भारतीय विदेशमन्त्री जयशंकर र विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेट गरेका हुन्
यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता गरेका थिए । नाड्डाको निमन्त्रणामा प्रधानमन्त्री देउवा भाजपाको मुख्यालय पुगेका हुन्।

