बिशेष परिष्थितिमा बाहेक माओवादी केन्द्रले पहिलेका प्रतिनिधिलाई उम्मेदवार नदोहोर्‍याउने



काठमाडौं।नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्‍याउने निर्णय गरेको छ ।

उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गर्दै सो पार्टीले त्यस्तो निर्णय गरेको हो।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सर्कुलर जारी गर्दै अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचमा उम्मेदवारका लागि ६ वटा मापदण्ड बनाएको जानकारी दिएका हुन् ।

देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने,स्वच्छ छवि भएको हुनुपर्ने,विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने,पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने,समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने मापदण्ड माओवादी केन्द्रले तय गरेको हो।

प्रतिक्रिया दिनुहोस्