४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त,सोलुखुम्बुमा राई



काठमाडौं।राष्ट्रिय भूमि आयोग सोलुखुम्बुको अध्यक्षमा उत्रमान खालिङ नियुक्त भएका छन्।

नेपाली कांग्रेस सोलुखुम्बुका सहसचिव राईलाई बिहिवार बसेको मन्त्रीपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको हो।बैठकले उनीसहित ४३ जनालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको थियो।

नवनियुक्त आयोगका जिल्ला अध्यक्षहरुलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले बिहीबार नै सपथ गराएका थिए।आयोगका २८ जिल्ला अध्यक्षहरुले भने यस अघि नै सपथ लिएका थिए।

उनीहरूलाई जिल्ला भित्रका सुकुम्बासी र भूमिहिनहरुको पहिचान गरि लालपुर्जा बितरण गर्ने कार्यादेश छ।

प्रतिक्रिया दिनुहोस्