नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्यमा सोलुखुम्बुबाट तीन जना निर्बाचित
सोलुखुम्बु ।नेकपा एमाले निकट जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्यमा सोलुखुम्बुबाट तीन जना निर्बाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनबाट डीबी रानापाल,गोपाल घिमिरे र उमा बराईली सर्बसम्मत रूपमा केन्द्रीय सदस्य निर्बाचित भएका हुन।
केन्द्रीय सदस्यमा निर्बाचित रानापाल नेकपा एमाले १ नं प्रदेश कमिटी सदस्य,घिमिरे नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य र बराईली खुम्बु पासाङल्हामू गाउँपालिका कार्यपालिका सदस्य हुन्।
सम्मेलनले मनोहर पौडेल बिश्वकर्माको अध्यक्षतामा २९१ सदस्यीय केन्द्रीय कमिटी सर्बसम्मत रूपमा चयन गरेको छ।

