२५ गतेसम्म उम्मेदवारहरुको नाम पठाउँन दुवै प्रदेश सभालाई कांग्रेसको परिपत्र
केदार बस्नेत खोटाङ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङले प्रदेश सभा निर्वाचन क्षेत्र क र ख का पालिका तथा वडाका सबै तहमा योगदान,भुमिका,लोकप्रियता र प्रभावकारिताका आधारमा “उम्मेदवारहरुका विकल्प सहित २५ गतेसम्म उम्मेदवारहरुको नाम”पार्टी कार्यालय दिक्तेल बजारमा पठाउँन प्रदेश क्षेत्रीय समितिलाई परिपत्र गरिएको सभापति बिष्णुकुमार राईद्वारा हस्ताक्षरित सार्वजनिक गरिएको सुचनामा भनिएको छ।अस्ति १५ गते मंगलबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको नेपाली कांग्रेस खोटाङले जनाएको छ।


