नेकपा एमाले सोताङ गाउँपालिका कमिटी होमियो निर्बाचनमा, यसरी गर्दैछ तयारी



मिलन नाछिरिङ ,सोलुखुम्बु ।नेकपा एमाले सोताङ गाउँ कमिटी आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनको तीब्र तयारीमा जुटेको छ।

गाउँपालिका कमिटीका अध्यक्ष वीरबहादुर राईको अध्यक्षता तथा जिल्ला कमिटी उपाध्यक्ष हर्क बहादुर राईको प्रमुख आथित्यतामा बुधबार सम्पन्न सम्पन्न गाउँपालिका कमिटीको चौथो पुर्ण बैठकबाट निर्बाचन केन्द्रित विभिन्न निर्णयहरु गर्दै तयारीलाई तीब्रता दिएको हो।

नेकपा एमाले सोताङ गाउँ कमिटी मातहतका सम्पूर्ण वडाका वडाध्यक्षहरुले आ-आफ्नो वडाको सांगठनिकस्थिति र भावी कार्ययोजनाबारे प्रकाश पारेको सो बैठकले आसन्न स्थानीय तह निर्वाचन लक्षित कार्ययोजना तयार गरेको अध्यक्ष बीरबहादुर राइले जानकारी दिए।

बैठकले गाउँपालिका अध्यक्ष समेत रहेका गाउँपालिका कमिटी अध्यक्ष
गाउँपालिकास्तरीय निर्वाचन परिचालन कमिटी गठन गठन गरेको छ।कमिटीमा गाउँपालिका कमिटीका सम्पूर्ण पदाधिकारी, पाँचै वडाका वडा सदस्यहरु र सबै जनवर्गीय संगठनका सदस्यहरु समेत गरी कूल ६ सय ५९ सदस्यीय निर्बाचन परिचालन कमिटी गठन गरेको छ।यसैगरी,प्रत्येक वडाका वडाध्यक्षहरु संयोजक र वडा कमिटीका सबै सदस्यहरु र टोल कमिटीका सम्पुर्ण सदस्य तथा जनवर्गीय संगठनका सदस्यहरु गरी १ सय २१ सदस्यीय वडास्तरीय निर्बाचलन परिचालन कमिटी गठन भएको अध्यक्ष राईले जानकारी दिए।

यसैगरी लक्ष्मी कार्की बस्नेतको संयोजकत्वमा आर्थिक विभाग,मिलन नाछिरिङको संयोजक त्वमा प्रचारप्रसार बिभाग,मनिष नाछिरिङको संयोजकत्वमा सांस्कृतिक बिभाग र प्रकाश कार्कीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिएको छ।

आर्थिक बिभागमा वीरबहादुर राई, बीरकुमार राई,हर्कबहादुर राई,अम्बिरकाजी बस्नेत र प्रकाश कार्की सदस्य छन् भने प्रचारप्रसार बिभागको सदस्यमा हिराकाजी नाछिरिङ, मनोज तामाङ, छत्रबहादुर नाछिरिङ र मनिष नाछिरिङ छन् ।गाउँ कमिटी प्रचारप्रसार बिभागका सम्पुर्ण सदस्यहरु, वडा कमिटी प्रचारप्रसार विभाग सम्पुर्ण सदस्यहरु, टोल कमिटी प्रचारप्रसार विभाग सम्पुर्ण सदस्यहरु सबै जनवर्गीय संगठन प्रचारप्रसार विभाग गरी १ सय ७१ जना सदस्य छन् ।

यसैगरी, सांस्कृतिक बिभागका सदस्यहरुमा श्याम खालिङ, केन्द्रमनी नाछिरिङ,कल्पना नाछिरिङ र घोषणपत्र मस्यौदा समितिका सदस्यहरुमा मनसरी राई
लक्षमण खालिङ,नीरकुमार राई भिमदाकी राई,गणेश थापालाई सदस्यमा चयन गरिएकोगाउँपालिका कमिटीले जनाएको छ।

बैठकले मातहत सबै वडालाई चैत्र २५ सम्ममा सकेसम्म सर्बसम्मत र सर्बसम्मत नभएको खण्डमा माथिल्लो कमिटीमा उम्मेदवार सिफारिस गर्न निर्देशन दिंदै चैत्र १८ गतेदेखि २५ गतेसम्म वडा इन्चार्जको नेतृत्वमा निर्वाचन लक्षित प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्