प्रचण्ड र माधव नेपाल कहाँ छन् भनेर चुनावपछि धरहराको बार्दलीबाट हेर्नुपर्छ : दुर्गा प्रसाईं

काठमाडौं।नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी दुर्गा प्रसाईंले प्रचण्ड र माधव नेपाललाई चुनावपछि कहाँ छन् भनेर केपी ओलीले निर्माण गरेको धरहराको बार्दलीबाट हेर्नुपर्ने बताएका छन् ।

बुधवार भक्तपुरको सूर्यविनायकमा आफ्नै लगानीमा खुलेको तरकारी बजार उद्घाटनका क्रममा प्रसाईंले आगामी चुनावमा ती दुई कम्युनिस्ट पार्टीले एक सीट पनि नजित्ने दावी गर्दै सो कुरा बताएका हुन्।चुनौती दिएर भन्छु, माओवादी र एसले कुनै निर्वाचन क्षेत्रबाट एक सीट जितेमा उनीहरूले इच्छाएको व्यक्तिको नाममा सम्पत्ति दिएर वृन्दावन जानेछु,’ प्रसाईंले भने ।
उनले माओवादी र नेकपा एस नक्कली कम्युनिस्ट भएको टिप्पणी गर्दै प्रसाईंले नेकपाको सरकार ढालेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल अनैतिक साँठगाँठमा लागेको आरोप लगाए ।

