कांग्रेसले गठन गर्‍यो खड्काको नेतृत्वमा स्थानीय तह निर्बाचन परिचालन समिति



काठमाडौं।नेपाली कांग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने गरी खड्काको नेतृत्वमा निर्बाचन परिचालन समिति गठन गरेको हो।

त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ । बैठकले प्रदेशसभाका सदस्य र प्रदेश मन्त्रिपरिषद् सदस्यले सम्बन्धित प्रदेशसभा संसदीय दलमार्फत आफूले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम १ वैशाखदेखि प्रदेशसभा संसदीय दलले पार्टीको सम्बन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्