सोलुखुम्बु : जिल्लाभर ६ वटा लिफ्टिङ सिंचाइ आयोजना स्वीकृत



सोलुखुम्बु।विभिन्न खोला तथा नदीको पानी लिफ्टिङ प्रबिधिमार्फत भित्र्याएर सिंचाइ गर्ने गरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले स्वीकृत गरेको छ।

साेलुखुम्बु जिल्लाबाट निर्बाचित संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ को सचिवालयले जनाए अनुसार दुई बर्षभित्र सम्पन्न गर्ने गरि जिल्लाभर जम्मा ६ वटा लिफ्टिङ सिंचाइ आयोजना मन्त्रालयले स्वीकृत गरेको हो।

स्वीकृत लिफ्टिङ सिंचाइ आयोजनामा इंन्खु खाेला देउराली लिफ्टिङ्ग सिंचाई आयाेजना माप्य दुधकाेशी गाउँपालिका वडा नम्बर ६/७ वाकु, दुधकाेशी जालिम पाेखरी लिफ्टिङ्ग सिंचाई आयाेजना थुलुङदुधकाेशी गाउँपालिका ७/८ देउसा,हुंगा खाेला गुम्दा-गिङवा-केल्चक-पातिसे लिफ्टिङ्ग सिंचाई आयाेजना साेताङ रहेका छन् ।

यसैगरी ,नेचा बेतघारी- बतासे दुधकाेशी लिफ्टिङ्ग सिंचाई आयाेजना नेचासल्यान,सल्यान केउरेनी चाैतारा साेलुखाेला लिफ्टिङ्ग सिंचाई आयाेजना नेचासल्यान २ र थुलुङदुधकाेशी गाउँपालिका वडा नम्बर ४/५ दुधकाेशी लिफ्टिङ्ग सिंचाई आयाेजना जुवु रहेको उनको सचिवालयले जनाएको छ।

कृषि सँगै उत्पादनका बिभिन्न क्षेत्रलाई वृद्धि गरी राेजगारी सृजना सँगै जिल्लालाई आत्मनिर्भरतातर्फ अगाडि बढाउनका लागि संघीय सांसद राईको पहलमा मन्त्रालयले ती योजना स्वीकृत गरेको सचिवालय को दाबी छ।

प्रतिक्रिया दिनुहोस्