नेपाली कांग्रेस : शेखर समूहका तरुण र विद्यार्थीको भेला आज




काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलको तदर्थ समिति एकलौटी ढंगले गठन गरिएको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले ‘खबरदारी भेला’ आयोजना गर्ने भएको छ।

यही चैत ९ गते प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्ष दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्वान् गुरुङलाई तोकेपछि त्यसप्रति असन्तुष्टि जनाउंदै आएको कोइराला समूहले आज (सोमबार)भेला आयोजना गर्न लागेका हुन।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा दिउँसो १ बजे खबरदारी भेला गर्न लागिएको आयोजक ‘न्याय र समान अवसरका लागि हाम्रो अभियान’ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्