एमाले स्थायी समिति बैठक सुरु,निर्बाचन आयोगका कतिपय काम खेदजनक भएको ओलीको भनाई
काठमाडौं।प्रमुख बिपक्षी दल नेकपा एमाले स्थायी समितिको बैठक महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा सुरु भएको छ।

गत हप्ता सो पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो।ती बैठकले गरेका निर्णयका साथै बैठकमा आसन्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
स्थायी कमिटीको सुरु स्थायी समिति बैठकलाई सम्बोधन गर्दै आइतबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने,उम्मेदवारी मनोनयन दुई दिन गर्ने,एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा नलिएको समेत बताए ।

