खुम्बु पासाङल्हामू : वडा नं २ को तामाङ टोलमा एमालेको टोल कमिटी गठन




खगिन्द्रराज बास्तोला, नेकपा एमाले खुम्बु पासाङ ल्हामू गाउँपालिका कमिटी अन्तरगत वडा नं-२ तामाङ टोलमा टोल कमिटी गठन गरिएको छ।

वडा कमिटी ईन्चार्ज एवं निर्वाचन क्षेत्र ‘ख’ समन्वय कमिटी सचिव आङफुर्वा शेर्पाको अध्यक्षता एवं जिल्ला कमिटी सचिवालय सदस्य टंकराम विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पदम तामाङको अध्यक्षतामा टोल गठन गरिएको जिल्ला कमिटी सदस्यसमेत रहेका प्रचार बिभाग सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो।

शेर्पाका अनुसार कमिटीको उपाध्यक्षमा तिलक मगर,सचिबमा ङिमासाङ्गे तामाङ, उपसचिवद्व्यमा आङमाया शेर्पा र लाक्पा शेर्पा रहनुभएको छ।

यस्तै, बिष्णुमाया तामाङ,माया शेर्पा,किपा शेर्पा,सिलेन भोटिया,रामकुमार राजभण्डारी,कबिधन तामाङ,अन्जु तामाङ, बिष्णुमाया तामाङ,दया तामाङ,ङिमदोर्जी तामाङ,कुमार तामाङ,पशुपति तामाङ, ङिमा तामाङ,साङ्गे तामाङ, र साने तामाङ कमिटीमा सदस्य रहेको शेर्पाले बताए।

जिल्ला कमिटी सदस्य आङछुटीन तामाङ, वडा नं २ का वडा सदस्य दाछिरी शेर्पा र गाउँ कमिटी सदस्य किरण राई लगायतको उपस्थिति रहेको सोहि कार्यक्रममा ङिमासाङ्गे तामाङ,माया शेर्पा,लाक्पा शेर्पा,किपा शेर्पा,शिलेन भोटिया,राजकुमार राजभण्डारी,कबिधन तामाङ,अन्जु तामाङ,बिष्णुमाया तामाङ,दया तामाङ, ङिमदोर्जी तामाङ,कुमार तामाङ र पशुपति तामाङ विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य शेर्पाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्