नेपाली कांग्रेस सोलुको जिल्ला कार्यसमितिमा एक र सात जना आमन्त्रित सदस्यमा मनोनीत

सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जिल्ला कार्यसमिति सदस्यमा एकजना र सात जनालाई सदस्यमा मनोनयन गर्नुभएको छ।

नेपाली कांग्रेसको बिधान -२०१७(संशोधन सहित)को धारा १२ को उपधारा ५ को ख (२) अनुसार सोलुदुधकुण्ड नगरपालिकाकी राधा श्रेष्ठलाई जिल्ला कार्यसमिति सदस्य मनोनयन गर्नुभएको हो।यसैगरी नेपाली कांग्रेस को विद्यमान नियमावलीको परिच्छेद १८ को धारा (५६) २ को ब्यबस्था अनुसार आमन्त्रित सदस्य मनोनीत गर्नुभएको हो।
सभापति शेर्पाका अनुसार जिल्ला कार्यसमितिको आमन्त्रित सदस्य मनोनीत हुनेहरुमा नेचासल्यानका हेमराज कटेल र गुणराज निरौला, थुलुङ दुधकोशी गाउँपालिकाबाट सबिता राई,लाक्पा तामाङ र वीर बहादुर गुरुङ,महाकुलुङकी बिपना कुलुङ,तथा सोलुदुधकुण्ड नगरपालिकाका लक्ष्मण तामाङ छन् ।
सभापति शेर्पाले यसअघि सात जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको थियो ।

