माप्यदुधकोशीका दर्जन बढी कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश




काठमाडौं।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाका दर्जन बढी कांग्रेस कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राईको प्रमुख आतिथ्यमा चाबहिलस्थित सत्कार क्याफेमा बुधबार सम्पन्न कार्यक्रममा उनीहरू नेकपा एमालेमा प्रवेश गरेका हुन्।नेपाली कांग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरूमा गाउँपालिकाको वडा नं ४ र ५ का काङ्ग्रेस युवा नेताहरु त्रिनाथ राई, रोशन राई , हेम कर्ण राई , संजय राई , पुर्ण राई लगायत रहेको नेकपा एमाले प्रदेश कमिटी सदस्य बिशेष खालिङ राईले जानकारी दिए।

नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष नन्दराज बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य महेस किराँती, प्रदेस कमिटी सदस्य बच्चुनारायण श्रेष्ठ,जिल्ला कमिटी सोलुखुम्बुका सचिब आशकुमार राई ‘शिशिर’लगायतका नेताहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्