एमाले सांसद नबिना लामाका बुवा मनिक पक्राउ



काठमाडौं।काठमाडौंको काँडाघारीमा केही दिनअघि विस्फोटक पदार्थ राखेको अभियोगमा काभ्रे चौरी देउराली गाउँपालिका स्थायी बसाेवास गर्ने पुराना कम्युनिस्ट नेता मणिक लामा पक्राउ परेका छन् ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधका क्रममा विस्फोटक पदार्थ राखेको भन्दै लामालाई प्रहरीले पक्राउ गरेको हो ।

विस्फोटक पदार्थ राख्ने कार्यमा संलग्न भएको भन्दै नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई पक्राउ गरेको जनाएको छ ।एमसीसीको विरोधमा काठमाडौंमा विभिन्न दल, अभियन्ता तथा सामान्य नागरिकहरु पनि आन्दोलनमा उत्रिएका थिए ।

सोही क्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ दल र २ मोर्चाको संयुक्त विरोधका दिनमा काँडाघारीमा शंकास्पद वस्तु फेला परेको थियो । लामा नेकपा (एमाले)बाट समानुपातिक सांसद नबिना लामाका बुबा हुन।

लामाले दुई महिना अघि नेत्र विक्रम चन्द विप्लव समुहकाे नेकपाबाट विद्राेह गरि नयाँ पार्टी खाेलेका थिए।

प्रतिक्रिया दिनुहोस्