राष्ट्रिय नागरिक अभियानको स्वागत कार्यक्रम सम्पन्न

काठमाण्डौ। राष्ट्रिय नागरिक अभियानको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

अभियानका केन्द्रीय अध्यक्ष डा. ठाकुर मोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा विभिन्न जिल्लाका पदाधिकारीहरुलाई स्वागत गर्दै प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा अभियानका वरिष्ठ उपाध्यक्ष हरिहर प्रदिप घिमिरे, उपाध्यक्ष हेमरत्न शाक्य, सचिव प्रकाशलाल जोशी, सहसचिव प्रेम लाल न्यौपाने लगायत केन्द्रीय सदस्य पदाधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीसंग सबै पदाधिकारीहरुले आशिर्वाद दिनुभएको थियो । कार्यक्रममा अभियानमा सहभागी हुनेहरुलाई स्वागत गर्दै प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रमाणपत्र ग्रहण गर्नेहरुमा विश्वदेव शाह दांग, नानु निरौला मोरंग, बस्न्धरा रिजाल झापा, सोम बहादुर गुरुङ गोरखा, भाजुराम गुरुङ गोरखा, प्रेम लाल न्यौपाने कालिकोट, शान्ति श्रेष्ठ राइ भोजपुर, गजेन्द्र ढकाल ललितपुर रहेका छन् । कार्यक्रममा उपस्थित सबैले आआफ्नो परिचय दिएका थिए भने केन्द्रीय अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष डा. ठाकुरमोहन श्रेष्ठ र हरिहर प्रदिप घिमिरेले संस्थाकाबारेमा प्रकाश पारेका थिए ।

