कार्की बैंकेटमा बस्दै एमाले पोलिटब्युरो बैठक

काठमाडौं।प्रमुख विपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ। स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न सो बैठक बोलाइएको सो पार्टीले जनाएको छ।

बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्नेलगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
पोलिटब्युरोमा ९९ जना छन् । एमालेले निर्वाचन घोषणापत्र सार्वजनिक गर्न बाँकी छ । आसन्न स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।

