लामाजुरा- लिखुपिके सडकखण्ड रुख कटानका लागि सोलुदुधकुण्डलाइ अनुमति,मेयर शेर्पाले गरे सम्झौता



सोलुखुम्बु।जिल्ला सदरमुकाम सल्लेरी र लिखुपिके गाउँपालिका जोड्ने मोटरबाटो निर्माणको काम बिना अवरोध अघि बढ्ने भएको छ।

नेपाली कांग्रेसका सभापति समेत रहेका सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको निरन्तरको पहलपछि सडकखण्डमा पर्ने बनक्षेत्रको जग्गा भोगाधिकार हटाउन उपलब्ध गराउने र सोमा रहेका रुखहरु हटाउन स्वीकृति दिन बबन तथा भूसंरक्षण बिभाग सहमत भएपछि सडक निर्माण कार्य अघि बढ्ने भएको नगरप्रमुख शेर्पाले रहस्यखबरलाई जानकारी दिनुभयो।

सो सम्बन्धि सम्झौतामा सोलुदुधकुण्ड नगरपालिका र बिभाग बीच आइतबार सम्झौता समेत सम्पन्न भएको छ।जिल्ला सदरमुकाम सल्लेरी समेत रहेको सोलुदुधकुण्ड नगरपालिकाबाट टाक्टोर हुँदै लामाजुरा (७८६ किमि) बनक्षेत्रको जग्गा भोगाधिकार हटाउन उपलब्ध गराउने र सोमा रहेका रुखहरु हटाउन स्वीकृति दिने सम्बन्धित सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख शेर्पा र बिभागको तर्फबाट निमित्त महानिर्देशक राजेन्द्र केसीको हस्ताक्षर छ।

यो सहमतिपछि निर्माणका लागि अवरोध बनेका बनक्षेत्रका रुखहरु हटाउँन भोलिदेखि नै टांचा लाउने काम डिबिजन बन कार्यालयले तत्कालै सुरु हुने नगरप्रमुख शेर्पाको भनाई छ।यो सडक निर्माण सम्पन्न
भएपछि रामेछाप र लिखुपिकेबासीहरुको सदरमुकाम आवागमन सहज हुने शेर्पाले बताए।सो मोटरबाटो निर्माण कार्यसम्पन्न नहुंदा लिखुपिकेबासीहरुले निकै सास्ती ब्यहोरिरहेका छन्।

सदरमुकाम सल्लेरीबाट लामाजुरासम्म ट्र्याकओपन भएपनि घनाजंगलका कारण त्यसउता रोकिएको थियो।सम्झौता सम्पन्न भएपछि यसैबर्ष भित्र लामाजुरा- लिखुपिके सडक ट्र्याक ओपन सम्पन्न गरिनुका साथै सल्लेरी लामाजुरा सडकखण्डको स्तरोन्नतिको काम पनि अघि बढाइने नगरप्रमुख शेर्पाले बताए।सडक स्तरोन्नतिका लागि नगरपालिकाले ५० लाख बजेट बिनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्