आफ्नै खुट्टामा उंँभिएर चुनाव जित्ने माओवादी केन्द्रको प्राथमिकता : प्रचण्ड

काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले माओवादी केन्द्र पहिलो पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ‚’ अध्यक्ष प्रचण्डले भने, ‘वडादेखि नै गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरूसँग गठबन्धन गर्नेमा केही छलफल हुँदैछ।’
गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जाने बताएका हुन्। उनले गठबन्धनमा हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए।

