नेकपा एमालेको तेस्रो पूर्ण बैठक सम्पन्न, के गर्‍यो निर्णय ?




सोलुखुम्बु ।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ।

जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले दोश्रो बैठकले निर्देश गरे बमोजिम स्थानीय कमिटीहरुले हालसम्म सम्पन्न गरेका कार्यक्रमबारे समीक्षा गर्नुका साथै जनसंगठनहरुका इन्चार्ज चयन,प्रचार र बित्ततथा कोष ब्यबस्थापन बिभाग गठन र आसन्न स्थानीय तह निर्बाचन लक्षित केहि निर्णय गरेको जिल्ला कमिटी सचिव आशकुमार राई शिशिरले जानकारी दिए।

राईका अनुसार आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि जिल्ला भित्रका आठवटै स्थानीय तहले चैत्र १५ गतेभित्र घोषणापत्रको मस्यौदा गरि सक्नुपर्ने निर्णय गर्दै निर्बाचनसंग सम्बन्धित कुनै कुराको निर्णय तत्काल गर्नुपर्ने भएमा जिल्ला कार्यालय कमिटीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजबादीको प्रदेश कमिटी सदस्यका रूपमा प्रचारित नेकपा एमाले जिल्ला कमिटीका पूर्ब सदस्य सोताङ गाउँपालिकाका मानबीर राईले आफू नेकपा एमालेमै प्रतिबद्ध रहेको जानकारीसहित यसअघि सोधिएको स्पष्टीकरण फिर्ता लिइदिन गरेको आग्रह अनुसार उनी माथि गरिएको कार्बाही फिर्ता लिइएको पनि उनले बताए।

बैठकमा नेचासल्यान गाउँपालिका कमिटी इन्चार्ज धर्मध्वज खत्री,थलुङदुधकोशी अध्यक्ष उदयनारायण बस्नेत, सोताङ गाउंपालिका इन्चार्ज धनकुमार बिक,प सोलुदुधकुण्ड नगर कमिटी अध्यक्ष मिङमारछिरी शेर्पा,खुम्बु पासाङल्हामूका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पा,माप्यदुधकोशी अध्यक्ष जुनितामाया मगर,महाकुलुङ अध्यक्ष मच्छिन्द्र कुलुङ र लिखुपिके अध्यक्ष हिक्मत बस्नेतले आ-आफ्नो स्थानीय तहका पछिल्ला गतिविधि र हालको सांगठनिक अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राई,प्रदेश कमिटी सदस्य तथा नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र प्रदेश १ संगठन कमिटीका सचिवालय सदस्य महेश किरांतीले स्थानीय तह निर्बाचन नजिकिई रहेको अवस्थामा सक्रियता पूर्बक संगठन निर्माण र जनसम्पर्क अघि बढाउन जिल्ला कमिटीलाई निर्देशन दिएको राइले बताए ।

प्रतिक्रिया दिनुहोस्