एमाले नेता खालिङ कांग्रेसमा प्रवेश



केदार बस्नेत काठमाण्डौं।नेकपा एमालेका नेता राजमान खालिङ कांग्रेसमा प्रवेश गरेका छ्न।नेता खालिङ सहित अन्य १० जना एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन।

काठमाण्डौंमा भएको एक कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई जिल्ला सभापति नाम्गेल जाङ्ग्वु शेर्पा सचिव युवराज घिमिरे पुर्व सचिव तथा महासमिति सदस्य भोजराज कार्की लगाएत अन्य नेताहरूले स्वागत गरेको नेका माप्य दुधकोशी गाउँपालिकाका सभापति नविन कार्कीले जानकारी दिनुभयो।

सभापति शेर्पा सहित घिमिरे र कार्कीले नवप्रवेशीहरुको जिम्मेवारी बढेको र जिल्लामा कांग्रेस झन बलियो हुदै गएको सन्देश जनता माझ पुर्याईदिन कार्यकर्ता र सञ्चार माध्यमलाई आग्रह गरेको प्रदेश सभा(ख)का सचिव चन्द्र खालिङले बताउँनुभयो।निर्वाचन नजिकिँदै गर्दा यो प्रवेशलाई अर्थपूर्ण तरिकाले हेरिएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्