कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक,यस्ता छन् एजेन्डा



काठमाडौं।सत्तारुढ दल नेपाली काँग्रेसले चैत ११ गते केन्द्रीय समिति बैठक बोलाएको छ । आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाउने कि नबनाउने भन्नेबारे नेताहरुबीछ मतान्तर कायम रहेका बेला बस्न लागेको कांग्रेस केन्द्रीय समितिको यो बैठकलाई महत्वका साथ हेरिएको छ।

काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले चैत्र ११ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा हुनेछ । यस्तै संसदीय समिति गठन र विविध गरी ३ वटा एजेण्डा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्