अनेरास्ववियु देउसा माबि कमिटीद्वारा फागु पुर्णिमाको अवसरमा विभिन्न प्रतियोगिता आयोजना

सोलुखुम्बु ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकास्थित देउसा माध्यमिक विद्यालय अनेरास्ववियु प्ररम्भिक कमिटीले फागु पुर्णिमाको अवसरमा विभिन्न प्रतियोगिताको आयोजना गरेको छ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य श्याम राई ,गोपाल घिमिरे ,चतुरमान तामाङसहितका स्थानीय नेताहरुको सहजीकरण गरेको सो प्रतियोगिता अनेरास्ववियु जिल्ला कमिटी सोलुखुम्बुका सचिब ङवाङ तेन्जी शेर्पाको आतिथ्यतामा सम्पन्न भएको अनेरास्ववियु देउसा माबि प्रारम्भिक कमिटीकाअध्यक्ष बिशाल घिमिरेले जानकारी दिए ।कमिटीले वादविवाद,हिसाब दौड ,बेलून फुटाउने कार्यक्रम आयोजना गरेको थियो ।
वादविवाद प्रतियोगितातर्फअनुशा राई प्रथम,नुमा राई दोस्रो,लक्ष्मी राई तेस्रो र उर्मिला खत्री चौथो भएका थिए।यसैगरी,हिसाब् दौडतर्फबाट कृष्ण तामाङ प्रथम ,नवीन थुलुङ दोस्रो,बिनय राई तेस्रो र बेलून फुटाउनेतर्फबाट सपना बस्नेत प्रथम,खेमराज राई दोश्रो र
सृष्टि राई तेस्रो भएको आयोजकले जनाएको छ।

