नेकपा एमाले खुम्बु पासाङल्हामू वडा नं २ र ३ कमिटीको पहिलो बैठक तथा प्रशिक्षण सम्पन्न

सोलुखुम्बु। नेकपा एमाले खुम्बु पासाङल्हामू गाउँपालिका कमिटी अन्तर्गत २ नं. वडा कमिटीको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका कमिटीका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य तथा वडा कमिटी अध्यक्ष टंकबहादुर राइको अध्यक्षतामा बिहिवार सम्पन्न सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एकदर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले खुम्बु पासाङल्हामूले जनाएको छ।
नेकपा एमाले प्रदेश समन्वय कमिटीका सचिब आङफुर्वा शेर्पा, जिल्ला कमिटी सोलुखुम्बुका सदस्य राजु पुरी र आङछुटिन तामाङ,युवा संघ नेपाल १ नम्बर प्रदेश कमिटी सदस्य पेम्बानुरु शेर्पाको उपस्थितिमा सम्पन्न कार्यक्रममा टीकामाया तामाङ ,कमला तामाङ ,सोनाम तामाङ , मोहन तामाङ , सोनु तामाङ , रमेश तामाङ ,लाक्पा शेर्पा
निरमाया तामाङ ,सुक्री तामाङ फूलमाया तामाङ,संगीता तामाङ मगर र पदम तामाङलगायत ब्यक्तिहरु एमालेमा प्रवेश गरेको बताइएको छ।
नवप्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले गाउँपालिका कमिटी अध्यक्ष शेर्पा लगायत अन्य नेताहरुले स्वागत गरेका थिए।
बिहिवारै सोही गाउँपालिका ३ नं. वडा कमिटीको प्रथम पूर्ण बैठक र प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ ।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका उपसचिव मिङमाछिरी शेर्पाको प्रमुख आतिथ्य तथा वडा इन्चार्ज टंक कालिकोटेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा दयाराम सुन्दास (फाक्दिङ)दिपेन अधिकारी(घाट)लाक्पासोनाम शेर्पा, (घाट)पासाङकामी शेर्पा(बेङकार)
,रिन्जी शेर्पा(छुमोवा),पेम्बादोर्जि शेर्पा(जोरसल्ले) लगायतका ब्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य लाक्पाछिरी शेर्पा र पासाङडिकी शेर्पा,युवा संघ नेपाल जिल्ला कमिटी सोलुखुम्बुका उपसचिव फुनुरु शेर्पा लगायत नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

