गठबन्धन होला र चुनाव जितौंला भनेर ढुक्क नबस्न कार्यकर्तालाई प्रचण्डको आग्रह
बुटवल ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरेका छन् ।

उनले निर्वाचनमा तालमेल गर्ने र अधिकतम परिणाम निकाल्ने कुरालाई सहायक प्राथमिकतामा राखेर निर्वाचन तयारीमा लाग्न आग्रह गर्दै कार्यकर्तालाई निर्वाचन घोषित मितिमै हुने बताए।प्रेस संगठन लुम्बिनीद्वारा बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै तागतमा जनताको मन जित्ने कुरालाई पहिलो प्राथमिकतामा राख्न समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

