स्थानीय तह निर्बाचनमा होमियो नेचासल्यान एमाले,चैत १५ भित्र उम्मेदवार छनौट गरि सक्ने

डिल्ली शर्मा,सोलुखुम्बु ।नेकपा एमाले नेचासल्यान निर्बाचनमा होमिएको छ।आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि निर्बाचन परिचालन समिति गठन गरि सो पार्टी निर्बाचनमा होमिएको हो।

गत स्थानीय तह निर्बाचनमा नेपाली कांग्रेसलाई पराजित गर्दै स्थानीय सरकारको नेतृत्व गरिरहेको एमाले यस पटक पनि आक्रामक चुनावी रणनीतिका साथ मतदाताबीच पुग्ने योजनामा रहेको गाउँ पार्टी कमिटीका अध्यक्ष जगन्नाथ बास्तोलाले रहस्यखबरलाई बताए।त्यसका लागि बुधबार सम्पन्न गाउँ पार्टी कमिटीको तेस्रो पूर्ण बैठकले बैठकले निर्बाचन परिचालन समिति गठन, वडा तहमा इन्चार्ज तथा सह इन्चार्ज र वडागत उम्मेदवार छनौटका लागि समयसीमा तोक्ने निर्णय गरेको उनको भनाई छ।
स्थानीय तह निर्वाचन लक्षित गरी छलफल तथा निर्णय गर्न वोलाइएको सो वैठकले ०७८ चैत्र १५ गते सम्मको कार्ययोजना समेत निर्माण गरेको छ ।जस अनुसार चैत्र १० गते भित्र घोषणापत्रको मस्यौदालाई अन्तिम रुप दिने र वडा कमिटीले वडा तहका उम्मेद्वार सिफारिस गर्ने तथा गाउँपालिका कमिटीले चैत्र १५ गते सम्ममा अध्यक्ष उपाध्यक्ष सहितका सम्पूर्ण उम्मेद्वारको अन्तिम टुंगो लगाउने निर्णय भएको कार्ययोजना रहेको उपाध्यक्ष कोषराज निरौलाले जानकारी दिए।

