नेपाल प्रहरीका ३ डीआईजी एआईजीका लागि बढुवा सिफारिस
काठमाडौं। नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।

