नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक,यस्ता छन् एजेन्डा



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टीको पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।

मंगलबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले पोलिट्व्यूरो बैठक चैत्र ७ गते, केन्द्रीय कमिटी बैठक ९–१० गते र स्थायी कमिटी बैठक १३ गते बस्ने निर्णय गदै एजेण्डा तय गरेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा जिल्लाको शक्ति सन्तुलन र कामका बारेमा रिपोर्टिङ हुने जानकारी दिए ।
त्यस्तै बैठकमा अध्यक्ष ओलीले
राजनीतिक प्रतिवेदन पनि पेस गर्नुहुने उनले बताए ।
निर्वाचन विभाग पनि गठन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्