निजामती कर्मचारी युनियन केन्द्रीय समितिमा सोलुबाट दुईजना, सचिबमा राई सदस्यमा कार्की
केदार बस्नेत
सोलुखुम्बु ।नेपाल निजामती कर्मचारी युनियनको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय समितिमा दुई जनाको प्रतिनिधित्व भएको छ।

युनियनको केन्द्रीय समितिमा प्रतिनिधित्व पाउने सोलुखुम्बुका दुईजनामा शान्तराज राई र अमृता कार्की रहेका छन्।युनियनको फागुन २१ गते सम्पन्न आठौँ महाधिवेशनबाट राई जनजाति सचिब र कार्की केन्द्रीय सदस्यमा निर्बाचित भएकी हुन्।सचिबमा निर्बाचित राईको जन्मस्थल खोटाङ भएपनि उनी खानेपानी तथा सरसफाइ सव(डिभिजन सम्पर्क कार्यालय सोलुखुम्बुमा सव(इन्जिनियरको रूपमा कार्यरत छन् भने सोलुदुधकुण्ड नगरपालिकामा कार्यरत केन्द्रीय सदस्य कार्की सोही नगरपालिकाकी स्थायी बासिन्दा हुन् ।
युनियनको केन्द्रीय समितिमा निर्बाचित राई र कार्कीले कर्मचारीहरुको पेशागत तथा व्यावसायिक गरिमालाई माथि उठाउन आफुहरुले सक्दो प्रयास गर्ने रहस्य खबरलाई बताए।
कार्कीले नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनसम्म क्षत्रीय प्रतिनिधिका रुपमा प्रतिनिधित्व गरेकि छन् ।करिब एक दशक अघिदेखि नर्सिङ क्षेत्रमा अनमीका रुपमा काम सुरु गरेकी कार्कीले यस अवधिमा नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको जिल्ला सदस्य, सचिब, कोषाध्यक्ष र सल्लाहकार भएर काम गरेकि थिइन्।

