नेपाली कांग्रेस खोटाङले दुईदिने प्रशिक्षण सञ्चालन गर्ने



केदार बस्नेत, खोटाङ।नेपाली कांग्रेस खोटाङले २ दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

केन्द्रीय सदस्य मधु आचार्य लगायत अन्य नेताहरुको उपस्थितिमा चैत्र ४ र ५ गते सो कार्यक्रम सन्चालन गरिने सभापति बिष्णुकुमार राईद्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ।

१० स्थानीय तह रहेको जिल्लाका प्रत्येक स्थानीय तहका एक सभापति एक सचीव एक शिक्षक एक दलित एक महिला साथै नेबिसंघ र तरुण दलका २ जना प्रशिक्षण कार्यक्रमा सहभागी हुन पाईने छ।

घरघर जाऔं,कांग्रेस जिताऔं अभियान देशैभर भैरहेको बेला यो प्रशिक्षणलाई जनताको घरघरमा नेपाली कांग्रेस कांग्रेसको पक्षमा अब जनादेशका रूपमा चित्रित गर्ने नेताहरुले बताउँदै आएका छन।

प्रतिक्रिया दिनुहोस्